माघ महिनामा करिब १२ अर्बले बढी वस्तु आयात

Butwal Today Gita Parajuli
2 weeks अगाडि

प्रतिनिधि सभा निर्वाचनको गतिविधि बढेसँगै वैदेशिक व्यापारसमेत बढेको छ ।

चुनावी गतिविधि बढेसँगै गत पुसको तुलनामा माघ महिनामा करिब १२ अर्बले वस्तु आयात बढेको हो । गत आर्थिक वर्षको माघ महिनासम्मको तुलनामा यसवर्ष १३ प्रतिशतले आयात बढेको भन्सार विभागको तथ्यांक छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म ११ खर्ब २३ अर्बको आयात भएको छ ।

गत वर्षको माघसम्म ९ खर्ब ८८ अर्ब आयात भएकोमा यो वर्ष यस्तो आयात १३ दशलमव छ पाँच प्रतिशतले बढेको छ । गत पुसमा १ खर्ब ७२ अर्ब ८३ करोडको आयात भएकोमा माघमा यस्तो आयात १ खर्ब ८४ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ । गत माघको तुलनामा मात्रै आयात १२ अर्बले बढेको छ ।

यसअघिसम्म डिजल र पेट्रोलको तुलनामा अन्य वस्तुको आयात कम हुने गरेकामा माघसम्ममा ७० अर्बको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको विभागको तथ्यांक छ । यो अवधिमा ७० अर्बको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएकोमा ६६ अर्बको तेल भारत निर्यात भएको छ । यसका साथै फलामको कच्चा पदार्थ, स्मार्टफोन र सुन चाँदीको आयात पनि बढेको छ ।

विभागका अनुसार गतवर्षको पुससम्म १ खर्ब २७ अर्बले निर्यात भएकोमा अहिले यस्तो निर्यात ३२ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब पुगेको छ । सोयाबिन तेलपछि अलैंची ८ अर्ब ६१ करोड, सूर्यमुखी तेल ५ अर्ब ७८ करोड र कार्पेट ५ अर्ब ७१ करोड र ४ अर्बको जुट र ३ अर्ब ३४ करोडको पाम तेलको आयात भएको छ ।

कुल निर्यातमा विदेशबाट कच्चा पदार्थ आयात गरी भारतीय सीमा क्षेत्रमा प्रशोधन भएर भारत निर्यात हुने तेलले ४५ प्रतिशत हिस्सा ओगटेको छ । हाम्रा आन्तरिक कच्चा पदार्थको आधारमा रहेका वस्तुको निर्यात भने कम देखिन्छ । अब साना तथा मझौला उद्योगलाई राज्यले अनुदान दिादै संरक्षण गरे यसले निर्यात मात्रै हैन रोजगारी पनि बढाउने विज्ञहरू बताउँछन् ।

दलहरूले अर्थतन्त्रको आकार १ सय खर्ब हाराहारी पुर्‍याउने भनेर घोषणा पत्र सार्वजनिक गरेका छन् । अब उनीहरूको प्राथमिकता निर्यात कसरी बढाउने भन्ने पनि हुनुपर्छ ।